बिर्तामोड । भरत  प्रसाई , झारोहाट नाट्य समूह, नाम्लो नाट्य समूह र क्षितिज नाट्य समूहको संयुत्त आयोजनामा शिक्षामा देखिएको  बेतिथीलाई  चित्रण गरिएको रिफण्ड नाटक मञ्चन हुने भएको छ ।

123 1यही माघ १० गते पहिलो पटक झापा नाटक घरमा मञ्चन गर्न लागिएको नाटक दिनको ४ पटक प्रर्दशन हुने  मञ्चन ब्यवस्थापन समितिका संयोजक ताराप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

 २ सय ५० जना क्षमता रहेको झापा नाटक घरमा पहिलाे पटक कक्षा ११ अग्रेजीमा समावेश गरिएको रिफण्ड नाटक मञ्चन गर्न लागिएको हो ।

222222विद्यार्थीलाई शिक्षाको  महत्व र  शिक्षकहरुलाई जिम्मेवारीमा रहन प्रेरणा मिल्ने भएकाले सबैका लागि नाटक अर्थपूर्ण रहेको संयोजक भट्टराईले बताउनु भयो ।

 उहाँले प्यावशन र एन प्यावशन गरि ३ सय २० स्कुल लाई खबर गरिएको बताउदै १५ हजार भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेने दाबी गर्नु भयो । 

झापा नाटकधरकाे हलमा आयोजित कार्यक्रममा नाटकका निर्देशक सुदिपजंग कार्कीले नाटकमा संसोधन गरि कलात्मक्ता भर्ने गरिएकाले पाठ्यक्रमको जस्तो नाटक हुबहु नहुने बताउनु भयो । उहाँले नाटकले सबैकाे मन छुने दाबी गर्नु भयाे । 

1111111विद्यालयमा नाटक सम्बन्धी ब्यवहारिक ज्ञान नदिइरहेको परिपेक्षमा विद्यार्थीहरुका निम्ति यस नाटक मञ्चन फलदायीहुने क्षितिज नाट्य समूहका केन्द्रिय अध्यक्ष माधव कल्पितले बताउनु भयो ।

नाटक मञ्चन विहान ८ः३० बजे, ११ः३०, २ः३० र ४ः३० गरि प्रत्येक दिन ४ पटक प्रदर्शन हुने जनाइएको छ ।

रिफण्ड नाटक झापा कोशी प्रदेशकै पहिलो ऐतिहासिक धरोरका रुपमा बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक संग्राहालय सहितको झापा नाटक घर निर्माण सम्पन्न पश्चात  पहिलो पटक मञ्चन गर्न  लागिएकाे क्षितिज नाट्य समुहका अध्यक्ष कल्पित बताउनुहुन्छ ।