बिर्तामोड । झापाको बिर्तामोडमा दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आयोजित महोत्सव आजबाट सुरु भएको हो ।

सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव सञ्चालन गरिएको महोत्सवको उद्घाटन समारोहकी प्रमुख अतिथि बिर्तामोड नगरापलिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईले उद्घाटन गर्नुभयो ।

22222महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघका नगर अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिनुभयो ।

आज उद्घाटन भएको महोत्सवमा भोली बुधबारबाट राष्ट्रीय कलाकारहरुले प्रस्तुति दिने छन् ।   भोलि गायक राजनराज शिवाकोटीले प्रस्तुति दिनेछन् । उनले गाएको कुटुमा कुटु सुपारी दाना, सुर्के थैली खै, पूर्व पश्चिम रेल, गोजिमा दाम छैन्, चेप्टेचेप्टे पेरुङगो, उम्लियो भने पोखिन्छ लगायतका गितहरु चर्चित छन् ।

1111महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ । द एलिमेन्ट बेन्ड, सविन राईको ब्यान्ड, पूर्ण राईको ब्यान्ड, सपना सुमनको ब्यान्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटीलगायत आउने मेला सञ्चालक नारायण अधिकारीले बताउनुभयो ।

त्यस्तै, खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको छ। आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको छ । सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

महोत्सव माघ ३० गतेसम्म संचालन हुने बताइएको छ ।