अर्जुनधारा । अर्जुनधारा–१० स्थित बहुधार्मिक आस्थाको केन्द्रबिन्दुका रुपमा रहेको ‘जलकन्या धाम’ मा श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल सप्ताह महायज्ञ हुने भएको छ ।

5 1महायज्ञ मुल आयोजक समितिले मंगलबार धाम परिसरमा पत्रकार सम्मेलन गर्दे महायज्ञ आयोजना सम्बन्धि जानकारी गराएको हो ।

अर्जुनधारा(१० को चुथाईस्थित जलकन्या देवी मन्दिरमा माघ ११ देखि १८ गतेसम्म महायज्ञको आयोजना गर्न लागिएको हो ।

6जलकन्या धाममा जलकन्या मन्दिर, गंगेश्वर शिवालय मन्दिर, जलशाय, साथै विश्वमै दुर्लभ मानिएका रुख विरुवाहरु रहेको मन्दिर व्यवस्थापन समिति र स्थानीयहरुको भनाई छ ।

धामलाई सवै धर्मको साँझा केन्द्रको रुपमा स्थापित गर्दै धामका अधुरा योजनाहरु पूरा गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको आयोजक समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकमबाट भगवान गौतमबुद्धको प्रतिमा निर्माण, धाम परिसर क्षेत्रको घेराबारा, जलशाय तथा दुर्लभ बृक्षहरुको संरक्षण साथै भौतिक संरचनाको निर्माणलगायतका कार्य गरिने भट्टराईले जानकारी दिनुभयो ।

महायज्ञमा आचार्य पण्डित अर्जुन भट्टराई प्रमुख कथा बाचकका रुपमा रहनुभएको छ । संगीतमय कथा वाचकका रुपमा पण्डित रोशन भट्टराई रहने बताइएको छ ।


करिव एक बिगाहा एक कठ्ठा जग्गा क्षेत्रफलमा फैलिएको धामलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको स्थानीय समाजसेवी युवा लवकुश गौतमले जानकारी दिनुभयो ।


महायज्ञबाट करिव ५० लाख रुपैयाँ आम्दानी गरी १० लाख रुपैयाँ खर्च गरेर रहेको बाँकि रकमबाट मन्दिर ब्यवस्थापनको लागि ३० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

मुल आयोजक समितिका संयोजक चन्द्रशेखर दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सह–संयोजक कृष्णप्रसाद चापागाईले स्वागतसहित औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा धामका अध्यक्ष बखतबहादुर कटुवाल, आयोजक समितिका सदस्य लक्ष्मण अधिकारीलगायतले आफ्ना कुरा राख्नुभएको थियो ।