अर्जुनधारा । २८६० औ सोनाम ल्होसारको अवसरमा अर्जुनधारा १ मदनपुरमा एकदिवसीय भेट्रान फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजित प्रतियोगितामा अर्जुनधारा १ र ४ को संयुत्त भेट्रान्स टिम विजयी बनेको छ ।
अर्जुनधारा २ र ३ को संयुत्त भेट्रान्स टिमलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा १ र ४ को संयुत्त भेट्रान्स टिम विजयी बनेको हो ।
प्रतियोगिताको विजयी टिमले नगद ८ हजार र ट्रफी पुरुस्कार पाए । उपविजेता बनेको २ र ३ को संयुत्त भेट्रान्स टिमले नगद ४ हजार ट्रफीमा चित बुझायो । प्रतियोगितामा उप विजेता टिमका कुमार सापकोटा उत्कृष्ट खेलाडी धोषित भए ।
आयोजक नेपाल तामाङ घेदुङ अर्जुनधाराका विक्रम गोले सर्वाधिक गोलकर्ता बने उनीहरु दुवै जनाले ट्रफी पुरुस्कार पाए ।
प्रतियोगिता पहिलो खेल जयपुर बुद्वशान्ति, सुखानी बिच भएको थियो , जसमा जयपुर बुद्वशान्ति १ गोल गर्दै विजयी भएको थियो , त्यस्तै दोश्रो खेल अर्जुनधारा २/३ र खेलकुद पत्रकार मञ्च विच भएको खेलमा २ गोल गर्दे अर्जुनधारा २/३ को संयुक्त टोली विजयी भएको थियो ।
नेपाल तामाङ घेदुङ अर्जुनधाराको आयोजनामा सम्पन्न प्रतियोगितामा अर्जुनधारा नगरपालिका वडा नम्वर १ का अध्यक्ष उपेन्द्र वस्नेतले खेलको उदघाटन गर्नु भएको थियो । प्रतियोतिामा ८ वटा टिम सहभागी रहेका थिए ।
सोनाम ल्होसारको अवसरका आयोजित प्रतियोगिता सांस्कृतिक एकताका निम्ति फुटवल प्रतियोगिता आयोजना गरिएको तामाङ घेतुङ अर्जुनधाराका सह सचिव धनबहादुर तामाङले जानकारी दिनु भयो ।
नेपाल रेडक्रस सोसाइटी खुदुनावारी उपशाखाका सभापति मुकुन्द भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।














