शिक्षा  मात्रै हैन व्यवहारिक शिक्षाले मात्रै विद्यार्थीको भविश्य उज्वल हुन सक्छ भन्ने शन्देश बोकेको रिफण्ड नाटक  आम झापाबासीको मन जितेको छ माघ १० गते बाट निरन्तर मञ्चन भइरहेको नाटकले नेपाली समाजको शिक्षालाई  बोलेको छ । 

मोरङ्गको विराटनगरमास्थित नाम्लो नाट्य समूह, झोराहाट नाट्य समूह र क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा उक्त नाटक मञ्चन हुदै आएको छ । 

  प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियान्ता तथा परिकल्पनाकार, रंङ्गकर्मी कल्पितका अनुसार यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी पठ्यक्रममा समावेश भएको कारण नाटक विद्यार्थी, शिक्षक तथा अभिभावक सवैले हेर्नुपर्ने हुन्छ । नाटकका निर्देशक सुदिजंग कार्कीले गर्नु   भएको छ । 


कार्कीका अनुसार नाटक करिव एक घण्टा समयको छ । नाटकमा सुरज माझी, दिक्षा चौधरी, वन्वो सन्तोष, प्रज्वल भट्टराई, प्रदिप दाहल, विवेक मिश्र र सुदिपजंग कार्कीको अभियान रहने छ ।

नाटकमा लाईट सुशील कार्कीले समायोजन गर्ने छन् भने म्युजिक सञ्जय मुडियारीको अभिनय रहेको छ ।

सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर विगत ४ बर्ष अघिबाट बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यमा जुटेको प्रतिष्ठानले हालसम्ममा २ करोड ७३ लाख ६० हजार मूल्यबराबरको नाट्य कला मन्दिर निर्माण गरिसकेको र कोशी प्रदेशकै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय निर्माणका लागि १ सय ४५ धुर जमिन जुटाउन सफल भएको छ ।

उक्त क्षेत्र भित्र २५ अर्ब लागतको साँस्कृतिक संग्रहालय निर्माण गरिने प्रारम्भिक स्टमेट तयार गरिएको छ ।