केपी ओली कप २०२४ को पूर्वसन्ध्यामा झापामा मैत्रीपूर्ण फुटवल भएको छ । राष्ट्रिय युवा संघ झापा र प्रेस चौतारी झापाबीच आज अर्जुनधारास्थित सालबारीमा रहेको नमूना खेल मैदानमा मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । प्रेस चौतारीलाई राष्ट्रिय युवा संघले १–४ अन्तरले पराजित गरेको छ ।

52724फागुन ११ गतेदेखि काठमाडौंमा हुन लागेको केपी ओली कपको प्रचारप्रसार गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको राष्ट्रिय युवा संघका झापा जिल्ला इञ्चार्ज राज आङ्देम्वेले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय सन्देशका लागि सुदुरपूर्वको जिल्लामा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

राष्ट्रिय युवा संघको तर्फबाट केन्द्रीय सचिव पर्वतराज भण्डारीको कप्तानी रहेको थियो भने प्रेस चौतारीको तर्फबाट जिल्ला अध्यक्ष मनकुमार गदालले कप्तानी सम्हालेका थिए ।

IMG_0828जिल्ला संयोजक फूर्वा लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले झापाका सचिव शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, केन्द्रीय सचिवद्वय भण्डारी र अनिता कन्दङवा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।