पूर्वी युक्रेनमा गरिएको दुईवटा मिसाइल आक्रमणमा कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ । रिपोर्टका अनुसार यी सैनिकहरू रुसले कब्जा गरेको भागको प्रशिक्षण क्षेत्रमा उपस्थित थिए।

बीबीसीका अनुसार रुसी सैनिकहरू डोनेट्स्क क्षेत्रमा आफ्ना वरिष्ठ कमाण्डरलाई पर्खिरहेका थिए। यस घटनाको भिडियो फुटेजमा ठूलो संख्यामा मृतकहरु देखिन्छन् ।

एक रुसी अधिकारीले क्षेप्यास्त्र आक्रमणको पुष्टि गरेका छन् तर यससँग सम्बन्धित मिडिया रिपोर्टलाई अति बढाइचढाइ   गरिएको भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका रक्षामन्त्री सर्गेई शोइगुबीच भएको भेटवार्ताभन्दा केही घण्टाअघि यो आक्रमण भएको हो ।

 जनहितमा जारी

बैठकमा सर्गेई शोइगुले केही मोर्चामा रुसको सफलताको दाबी गरे। उनले हालै कब्जा गरेको अद्वविका क्षेत्रको बारेमा पनि कुरा गरेका थिए। यद्यपि, उनले डोनेट्स्क क्षेत्रमा भएको घटनाको उल्लेख गरेनन्।