सुरुङ्गा ।  झापाको कनकाई नगरपालिकाका दुई ब्यक्तिले लाखौं रकम लिएर एक जना सम्पर्क बिहीन भएका छन् ।

 पटक–पटक माग्दा पनि पैसा नदिएपछी पिडित उमादेबी गौतम कार्कीले पत्रकार गुहारेकी छिन् ।

कनकाई– ३ सुरुङ्गाका दिनेश भनिने सिङ्गबहादुर बस्नेतले १४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क बिहीन भएका र कनकाई–४ का विकास बुढाथोकीले ९ लाख रुपैयाँ लगेर नतिरेको कनकाई ३ कै ती पिडीत महिलाको दाबी रहेको छ । 

आफ्नै निवासमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै लगेको रकम उनीहरुले फिर्ता नगर्दा छोराछोरीको पठनपाठनसमेत रोकिएको बताइन  ।

गौतमले बुढाथोकीलाई २०७५ साल जेठ १८ गते ७ लाख, पुनः अर्को पटक २ लाख रुपैयाँ  गरी जम्मा ९ लाख दिएको जानकारी दिइन ।

123 4आफन्त  बनी  राम्रो रुपले विश्वास जिति भावनात्मक संम्बन्धको फाइदा उठाउने पिडित गौतमको भनाइ छ ।  दिएको बताइन् ।

बुढाथोकीले शुरु–शुरुमा लगेको रुपैयाँको साँवा ब्याज दिने गरेको भएपनि पछि ब्याजसमेत नदिने र साँवा  माग्दा समेत अहिलेसम्म नदिएको उनी बताउछिन्  ।

पटक–पटक सुरुङ्गा चौकी र इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा रकम फिर्ताका लागि छलफल हुँदा पनि रकम फिर्ता नगरेको भन्दै सरोकारवाला सवैलाई रकम फिर्ताका लागि पहल गरिदिन गौतमले अपिलसमेत गरेकी छिन् ।

केही समयअघिसम्म पैसा दिन नसकेपनि जग्गा दिएर मिलाउँछु भन्दै आएका बुढाथोकीले अहिले आफु जमानी मात्र भएकाले नदिने र मुद्दा हाल्नु भन्ने गरेको गौतमले भनाइ छ । 

विभिन्न फरक समयमा गरि  २३ लाख ५० हजार रकम  हिनामिना गरिएको गौतम बताइन्  । उनी भावुक हुदै भन्छिन्  भलाइ र गुन गर्ने जमाना रहेनछ ।