दिपेन विश्वकर्मा। झापाको बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि ट्वान्टी  क्रीकेट प्रतियोगिताको फाइनलमा बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका भिड्ने भएका छन् ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको खेलमा भोलि ९ शनिबार  उपाधिका लागि बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिकाबीच भिडन्त हुने भएको हो। 

पहिलो चरणको सेमिफाइनल खेलमा कचनकवल गाउँपालिकाले मेचीनगर नगरपालिकालाई हराएको थियो  भने हिजो भएको दोस्रो सेमिफाईनल खेलमा गौरादह  नगरपालिकालाई ८१ रनले  पराजित गर्दै  बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १८७ रन बनाएको थिए ।

semi1-1536x676बिर्तामोडका लागि  सिवान्स बजगाईले ६२  रन र दिपु भुजेलले ४६ रन बनाएका थिए भने बलिङ तर्फ गौरादहका ज्ञानु श्रेष्ठ र अर्जुन ढकालले २र२ विकेट लिएका थिए ।

 १ सय ८८ रनको लक्ष्य पछ्याएको  गौरादहले १३।४ ओभरमा अलआउट हुँदै मात्र १०६ रन बनाउन सफल भयो । बिर्तामोडका  लागि उत्कृष्ट ब्याटिङ गर्दै ६२  रन बनाएका सिवान्स बजगाई खेलको म्यान अफ दि म्याच घोषित भए । 


झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताएका छन ।

 प्रसाई का अनुसार भोलि हुने फाइनल खेलमा नेपाली साङगितिक क्षेत्रमा प्रख्यात गायिका आस्था राउतको समेत प्रस्तुति रहने छ ।