टिकटक बन्द नगरेको भन्दै केही इन्टरनेट सेवा प्रदायक कम्पनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण मागेको छ। केही सेवा प्रदायकले टिकटक खुलाएको भन्दै प्राधिकरणले उनीहरूसँग जवाफ माग गरेको हो।

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका कम्पनी दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

 जनहितमा जारी

सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले गत कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। यससँगै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो।

प्राधिकरणले टिकटक चलेका पाए  [email protected] मा खबर गर्नसमेतआग्रह गरेको छ।