नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले फागुन २१ गते नेपालको कम्नियुष्ट आन्दोलन, गणतन्त्र र सविधानका निम्ती जग भएको बताउनु भएको छ । 

429969506_810134977795259_4222020725092081014_nनेपाल खेलकुद महाँसघ कोशी प्रदेशकमिटीको आयोजनमा सञ्चालित केपी ओली रोड रेस दौड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले  शहिदको त्याग र बलिदानीले नै नेपाली नागरिकले परिर्वतनको आभाश गर्न सकेको बताउनु भयो ।

430017005_810136324461791_1657337469725018258_n

व्यवसायीक र प्रतिस्पर्धी खेलकुद गतिविधी बढाउने उदेश्यले आयोजना गरिएको  दौड प्रतियोगिता झापाको चारपानेबाट शुरु भई सुखानी सहिद पार्कमा पुगी समापन गरिएको थियो ।

प्रतियोगितामा १५ सय भन्दा बढी नागरिकहरुको सहभागिता रहेको खेलकुद मुल समितिका संयोजक  प्रकाश बस्नेतले बताउनु भयो ।

430996158_810134794461944_7197068259735846310_nप्रतियोतिमा पुरुष तर्फ  दिपेन कुमार यादव प्रथम, सन्दिव बस्नेत दोश्रो र पवन कार्की तेश्रो भएका छन् भने , महिला तर्फ  राममाया बुढा प्रथम, पुष्प भण्डारी दोश्रो र फुलमती भण्डारी तेश्रो भएका छन् ।  प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी  नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले  पुरुस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा प्रथम हुने लाई ५१ हजार , द्वितीय हुने लाई ३१ हजार र तृतीय हुने लाई २१ हजार रुपैया नगद रहेको छ ।