दमक । भाटभटेनी सुपरमार्केटले झापाको दमकमा आफ्नो २७ औँ स्टोर खोलेको छ। यो सँगै बुधबारदेखि सुपरमार्केट सञ्चालनमा आएको छ।

उक्त स्टोरमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि पर्याप्त पार्किङको व्यवस्था गरिएको भाटभटेनी सुपरमार्केटले जनाएको छ। 

सञ्चालनको केही महिना ग्राहकले हरेक सामानमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बिहान साढे ७ बजेदेखि राति साढे ८ बजेसम्म सञ्चालन हुने उक्त स्टोरमा सिनेमा हल समेत रहने बताइएको छ। 

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि स्केट पार्क लगायतका सुविधाहरू रहेको भाटभटेनीले जनाएको छ ।