बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

भोली चैत १ गते देखी ७ गते सम्म आयोजना गरिएको निशुल्क मानसिक  स्वास्थ्य शिविरमा प्रत्येक दिन २० जनालाई परार्मश दिइने आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईले बताउनु भयो । 

आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलनमा शिविरका बारेमा जानकारी गराइएको हो । 

 झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको आरआर पोलिक्लिनिकका सञ्चालक राईले बताउनु भयो । 

 पछिल्लो समयमा विविध कारणले  मानसिक रोग उच्च हुदै गएको विश्व स्वास्थ्य संघको पछिल्लो तथ्याङकमा उल्लेख गरिएको छ ।

शिविरमा वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर बबिता शर्माले बिरामीको हेरचाह तथा परामर्श दिनु हुने छ । 

भारतको एम्स अस्पतालमा चार वर्ष सेवा प्रदान गरि झापा फर्किनु भएकी डाक्टर शर्माले चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा बिरामी अवस्था हेरी फलोअप गर्ने बताउनु भयो ।

उहाँले महंगो  खर्च तिरी भारत जानु पर्ने बाध्यताको अन्त्य गर्न बिर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा आएको बताउनु भयो ।