अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षका लागि ३ जना उम्मेद्वार चुनावी मैदानमा होमीएको छन् । जुकेखाडी सामुदायिक वनको निर्वाचन यहि चैत्र ५ गते हुँदैछ । निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।


वनको नेतृत्व गर्नका लागि एकातर्फ एमाले, माओवादी, जनमुक्ति र राप्रपाले गठबन्धन गरेका छन् भने अर्कोतर्फ नेपाली कांग्रेस, नेकपा एसको गठबन्धन चुनावी मैदानमा उभिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । प्रगतिशिल हरियाली प्यानलबाट वनको अध्यक्ष पदका लागि नरेन्द्रप्रसाद मिश्रले उम्मेद्वारी दिएका छन् भने लोकतान्त्रिक प्यानलबाट मोहन श्रेष्ठको उम्मेद्वारी परेको छ । त्यस्तै स्वतन्त्रबाट भोलानाथ पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।