भरत भाबुक प्रसाई । बाह्रदर्शी ४ स्थित चकचकीमा रहेको कानगोई इङ्गलिस स्कुलले एक कार्यक्रमका बिच कक्षा ८ का विद्यार्थीलाई विदाई गरेको छ ।
वि .सम्वत २०७० सालमा स्थापना भएको स्कुलले १० वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यार्थीमैत्री शिक्षामा कारण हाल विद्यालयमा ३ सय विद्यार्थी पुग्न सफल भएको विद्यालयका सह–प्रधानाध्यापक सुनिल राजवंशीले जानकारी दिनु भयो ।
अभिभावक तथा स्थानीय प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा कक्षा ८ का ८ जना विद्यार्थीरुलाई विदाई गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बाह्रदर्शी वडा नम्वर ४ का वडाध्यक्ष माहताव आलमले बाह्रदर्शी क्षेत्रमा लामो समयबाट बिद्यार्थीमैत्री शिक्षा प्रदान गरी सामाजिक उत्तरदायित्व वहन गर्नमा कानगोई इङ्गलिस स्कुल सफल भएको बताउनु भयो ।
उहाँले ओझलमा परेको स्थानमा भएर पनि शिक्षामा कुनै सम्झौता नगरि विद्यार्थी र शिक्षा बिच एकरुपता कायम गर्न सफल भएको भन्दै विद्यालयको प्रशंसा गर्नु भएको थियो ।
विद्यालयमा प्रध्यानाध्यापक बिमल राजबंशी को सभापतित्वमा सम्पन्न कार्यक्रममा सोही स्कुलका शिक्षिका इन्दिरा कोइरालाले आगन्तुक अतिथी तथा विद्यार्थीहरुलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै विद्यालयका सहायक प्रधानाध्यापक राजवंशीले अभिभावकको माया अपार पाएको बताउनु भयो । उहाँले विद्यार्थीको क्षमता बिकास गर्न उद्धोषण र भाषण कलाको कक्षा सुरु गरिएको बताउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धिरज नारायण गणेशले विद्यार्थीको उज्वल भविश्यको कामना गर्दै अभिभावहरुको देखाएको माया प्रति आभार व्यक्त गर्नु भयो ।
कार्यक्रमा देवीप्रसाद गणेशको अध्यक्षतामा अभिभावक संगठन गठन गरिएको छ । जसमा इन्दिरा कोइराला उपाध्यक्ष चयन हुनु भएको छ ।
कार्यक्रममा आफु संगै खेल्दै खुसी हुँदै समय ब्यतीत गरेका कक्षा ८ का विद्यार्थीलाई कक्षा ७ का विद्यार्थीले मायाको चिनो प्रदान गरी भाबुक हुँदै विदा गरेका थिए ।
पदम मैनाली,दुर्गा ताजपुरिया, महबुब आलम, याकुब आलम, सगुना राजवंशी , देवी कार्की लगायत विष्णु निरौलाकाे उपस्थिती रहेकाे थियाे ।














