रवीन घिमिरे ।  सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले आज सिडा संकल्प परियोजना अन्तर्गत सरोकारवाला संघसंस्थासँग समन्वयात्मक बैठक गरेको छ ।

संस्थाको सभा हलमा अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षतामा बैठक गरिएको हो । बैठकमा हरिपुर र ईश्वरपुर नगरपालिकाको विभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी, संचारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।

सिडा संकल्प परियोजनाका संयोजक धिरेन्द्र चौधरीले उस्तै कार्यक्रम गर्दै आइरहेका संघसंस्थाबीच गतिविधि संचालन गर्दा नदोहोरियोस् र सँगसँगै मिलेर अझ प्रभावकारी ढंगले काम गर्न सकियोस् भनी सरोकारवाला संघसंस्थासँग छलफल गरिएको बताउनुभयो ।

उहाँले यो बैठकपछि सबैको साझा बुझाई हुने विश्वास व्यक्त गरिएको जानकारी दिनुभयो ।