उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिश गरेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षक वसन्त कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली लगायतलाई आइतबार गृह मन्त्रालयमा निर्देशन दिँदै उनले कारबाही थाल्न निर्देशन दिएका हुन् ।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन प्राप्त गरेलगत्तै गृहमन्त्री लामिछानेले शुक्रवारदेखि प्रतिवेदन कार्यान्वयन शुरू गरेका थिए ।














