काठमाण्डौ । प्रहरीले  होली पर्व मनाउने क्रममा हिजाे जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई सय ६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले हिजाे छ सय ६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

जाँडरक्सी खाएर  गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई  माेटरसाइकल, स्कुटर  चलाउनेलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ ।