आज तराई मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ ।

कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ ।

holi_7_lCEiEY6jGJहोली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ ।

मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ ।

123हिन्दू परम्पराभित्रका फरकफरक चलनअनुसार फरकफरक दिनका होलीमा मनाउने चलन छ ।