बिर्तामोड ।  भरत भाबुक प्रसाई,  रोङ विद्यार्थी एकता समितीले आज फरक शैलीमा होलि खेलेको छ ।

होलीमा भिडभाडमा बाटोमा रङ दल्दै नाच्ने चलनमा रोङ विद्यार्थी एकताले ज्यादै न्यून स्तरका बालबालिकासँग होली खेलेको हो।

WhatsApp Image 2024-03-25 at 19.09.38बिर्तामोडको बिराटपोखरी क्षेत्रमा हरसमय रहने ती न्यून स्तरका बालबालिकासँग होली खेल्ने क्रममा रङ लगाउने मात्र नभई ती बालबालिकाहरुलाइ केही खाद्यान्न सामाग्री साथै लगाउनका लागि चप्पल वितरण गरेको छ । 

अन्य विभिन्न चाडपर्वमा पनि रोङ विद्यार्थी एकताले विभिन्न सामाजिक कार्यहरू गरी चाड मनाउदै आएको छ। 

परिर्वनको शुरुवात कसैबाट हुनुपर्छ भन्ने चिन्तनका साथ फरक शैलीमा होली खेलिएको संस्थाकी सदस्य गृस्मा सापकोटाले जानकारी दिनु भयो ।

WhatsApp Image 2024-03-25 at 19.09.37न्यून स्तरका परिवार त्यसमाथि पनि बालबालि अति विपन्न परिवारका बालबािलकाहरूकाे साथमा होली खेल्दा फरक खुसीकाे महसुज भएकाे संस्थाका अध्यक्ष  बिमल कट्टेलले जानकारी दिनु भयो । 

 यसअघि पनि विभिन्न सङ्घसंस्थाहरुसँग समन्वय गरि थुप्रै सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाइ निरन्तरता दिने संस्थाकी सदस्य  गृस्मा सापकोटाले बताउनु भयो ।