बिर्तामोड । भरत भाबुक प्रसाई , विद्या भारती फाउण्डेशनद्वारा सञ्चालित डि पीएस  दिल्ली पब्लिक  स्कुल फुलबारीले नेपालका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि  अन्तराष्ट्रिय मान्यता प्राप्त स्कुललाई सम्झन आग्रह गरेको छ । 

 झापाको बिर्तामोड स्थित मारवाडी सेवा समितिको सभा हलमा आज आयाेजित पत्रकार सम्मेलन बोल्दै पिजीटि धृर्तमान विश्वासले शिक्षाका लागि कुनै सम्झता नगरिने बताउदै क्षमता अनुसारको सस्तो फिमा आफ्नो बालबालिका पढाउने स्थानको खाेजीमा रहनु भएका अभिभावकहरुका निम्ति डि पीएस फुलबारी फाइदाजनक हुने दाबी गर्नु भयो ।

१ देखी १० कक्षा सम्मका  विद्यार्थीहरले मासिक ३ हजार ९ सयमा अन्तराष्ट्रिय स्तरको शिक्षा  हासिल गर्ने उहाँको भनाइ थियो ।  

 २०१८ सालमा स्थापना भएको स्कुल पूर्वको सिमाना  काकरभिट्टा देखी ३३ किलोमिटरमा अवस्थित रहेको छ । करीव ३ हजार भन्दा बढी विद्यार्थी रहेको स्कुलमा सिकिम,बङग्लादेश भुटान सहित नेपालका विद्याथीहरु पनि अध्ययनरत रहेका छन् ।

 पत्रकार सम्मेलनमा बोल्दै नेपाली विभागका पिजीटि सुवास क्षेत्रीले विद्याथार्थीको क्षमता बिकास गर्दै विद्यार्थीलाई मञ्च प्रदान गर्न यूएनआको फर्मेटमा सञ्चालित मन नामक इन्डियामा प्रसिद्व कार्यक्रम सञ्चालन ल्याएको बताउनु भयो ।

IMG_0561

उहाँले स्कुलले सिनियर सेकेण्डरीमा १८ वटा  बिषय राखेको बताउनु भयो । विद्यालयले नेपाली भाषी विद्यार्थीका लागी दोश्रो अनी तेश्रो ल्याङवेज  नेपाली भाषा पढ्ने सुविधा उपलब्ध गराइएको बताउनु भयो । नेपाल, जलापाईगुडी र बङलादेशका विद्यार्थीहरुका निम्ति उत्कृष्ट विद्यालय बन्न सक्ने भएकाले एकपटक अभिभावहरुलाई भ्रमण गर्न बिद्यालय ब्यवस्थापन समितिले आग्रह गरेको छ ।

विश्वका फरक संस्कारको मिश्रित रुप एक अर्काले सिक्ने  पाउने भएकोले यो राम्रो पक्ष रहेको सञ्चालक निर्नाेय वगेचीले जानकारीले बताउनु भयो । 

उहाँले वेस्ट बङगालमा प्रथम र भारतमै सातौ स्थान बन्न सफल भएको बताउँदै सस्तो शुल्कमा सम्पूर्ण सुविधा  दिन सफल स्कुलको भ्रमण गर्न सम्पूर्ण झापाबासीलाई आग्रह गर्नु भएको छ । 

  झापाबाट ३५ किलोमिटरको दुरीमा रहकाले अभिभावक र विद्यार्थीको रोजाई बन्न सफल स्कुल खेलकुद संस्कृती , पर्यटन र अनुसन्धानसंग सम्बन्धित  आधुनिक प्रयोशालाबाट शिक्षा प्रदान गरिदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।