कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको कार्यसमितिको आगामी तीनवर्षको लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।
निर्वाचनको कार्यक्रम अन्तगर्त आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ ।
प्रकाशित नामावली अनुसार अध्यक्षमा नेकपा एमालेको तर्फबाट सिता अधिकारी, नेपाली कांग्रेसको तर्फबाट बुद्धिमान बाहोरा र स्वतन्त्र समूहबाट पर्शुुराम गिरीको उम्मेद्वारी दर्ता भएको छ ।
यसैगरी उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट रेनुका खवास, नेपाली कांग्रेसको तर्फबाट तारा कोइराला र स्वतन्त्र समूहको बाट चन्द्रा बुढाथोकीको उम्मेद्वारी दर्ता भएको छ । सचिवमा नेकपा एमालेको तर्फबाट दिपक बोहोरा, नेपाली कांग्रेसको तर्फबाट यसनाथ अधिकारी र स्वतन्त्र समूहको तर्फबाट दीपक ओलीको उम्मेद्वारी दर्ता भएको छ ।
कोषाध्यक्षमा नेकपा एमालेको तर्फबाट इन्दिरा पाण्डे भण्डारी र नेपाली कांग्रेसको तर्फबाट चेतकुमारी सापकोटा गरी दुुईजनाको उम्मेद्वारी दर्ता भएको छ ।
अध्यक्षका प्रत्यासीहरू सीता अधिकारी पुर्व जनप्रतिनिधि तथा त्यस क्षेत्रका लाेकप्रिय महिला नेतृ हुनुहुन्छ । अर्का प्रत्यासी पर्शुराम गिरी त्यस बनकाे पूर्व अध्यक्ष हुनुहुन्छ भने बुद्धिमान बाेहाेरा त्यस क्षेत्रकाे सामाजिक व्यक्तित्व हुनुहुन्छ ।
१५ सदस्यीय कार्यसमिति रहने उक्त सामुदायिक बनको नेतृत्वमा ३० वटा टोललाई ५ भौगोलिक क्षेत्रमा विभाजन गरेर प्रत्येक क्षेत्रबाट १ जना महिला र १ पुरुष गरी २ जना हुनेगरी ५ वटा टोलबाट १० जना सदस्यले भुुगोलको प्रतिनिधित्व गर्दै कार्यसमितिको नेतृत्वमा चयन हुन पाउने वैधानिक व्यवस्था रहेको छ ।














