वडा खेलकूद विकास समिति
बिर्तामोड १ को आयोजनामा भएको प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरिय नकआउट फूटवल
प्रतियोगिताको उपाधी गैरीगाउँ टोलविकास संस्थाले जितेको छ ।
ग्रिनफिल्ड स्कुलको मैदानमा आज भएको फाईनल खेलमा
पञ्कन्या टोल विकास संस्थालाई २(१ ले हराँदै गैरीगाउँले उपाधी जितेको हो ।
प्रतियोगिताको विजेता
गैरीगाउँले नगद २१ हजार १ सय ११ रुपैयाँ सहित मेडल, ट्रफी हात पारेको छ । यस्तै प्रतियोगिताको
उपविजेता पञ्चकन्याले नगद ११ हजार १ सय ११ रुपैयाँ मेडल र ट्रफी प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगिताको
उत्कृष्ठ गोलकर्ता पञ्चकन्याका अभियान ढुंगेल र उत्कृष्ठ गोलकिपरमा गैरीगाउँका
सुनिल यादवले ट्रफी प्राप्त गरे । यस्तै गैरीगाउँका अंकुश खड्का फाइनल खेलको म्यान
अफ द म्याच भए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष
अग्निप्रसाद पाण्डेले पुरस्कार प्रदान गर्नु भयो ।
प्रतियोगिताको पहिलो
पुरस्कार बैदेशिक रोजगार संघ झापा र दोस्रो पुरस्कार क्रियटिभ इन्टरनेश्नल
एकाडेमीका संस्थापक एजाज अहमद अन्सारीले प्रायोजन गर्नु भएको थियो ।
चैत्र २६ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १०
वटा टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो ।वडा खेलकूद विकास समितिका अध्यक्ष
केशब पोख्रेलले यस प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने जानकारी
दिनुभयो ।














