गौरवशाली जिवन प्रतिष्ठानले  घरविहिनि बालबालिकाको सहयोर्गाथ नयाँ बर्ष सांगितिक कार्यक्रमको आयोजना गरेको छ ।

 बिर्तामोडको सिटी सेन्टरमा आयोना हुन लागेको कार्यक्रमको प्रमुख आर्कषण चर्चित गायक प्रताप दास रहेका छन् ।

फिल इन्टरटेन्मेटको प्राविधिक सहयोग रहेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक सुजन सिवाकोटीले जानकारी  दिनु भयो । 

गौरवशाली जिवन प्रतिष्ठान अर्जुनधाराले यस भन्दा पहिले  पनि सडक बालबालिकाको हक हितका निम्ति विविध कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रम बेलुकी ६ बजेबाट सञ्चालन हुने आयोजक कमिटीले जनाएको छ ।