टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीवार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ।

साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो। राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको एएफएडीले जनाएको छ।

 जनहितमा जारी

 हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ। भूकम्पको धक्का छिमेकी प्रान्तमा महशुस गरिएको निजी प्रशारक एनटिभीले जनाएको छ। एएफएडी र अन्य सम्बन्धित एजेन्सीहरूका टोलीहरूले घटनास्थलमा स्थितिको अनुसन्धान गरिरहेका छन्।