बिर्तामोड। भरत भाबुक प्रसाई,  सि एस सीको आयोजनामा कथा बाचक साईग्रेससंग शब्द यात्रा हुने भएको छ ।

बिर्तामोड स्थित सि आई सी एजुकेशनमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो । 

123 5

सि एस सी  एजुकेशन बिर्तामोडकी प्रमुख काउन्सीलर आश्मा लुइटेलको प्रमुख अध्यक्षतामा  आयोजित कार्यक्रम जिवन दर्शन मनोभावमा परिर्वतन ल्याई युवाहरुको प्रेरक बन्न सफल साइग्रेस पोखरेलले आफ्नो विश्व भ्रमण र आफ्ना कथा भित्रका मर्म र श्रोता दर्शकले मन पराउनुको कारण प्रस्तुत गर्नु भएको थियो । 

उहाँको विश्व भ्रमण नेपाल लगायत विश्वका १७ देशमा हुने उहाँले जानकारी दिनु भयो । समाज परिर्वनका लागी युवाहरुका मनष्पटल स्वास्थ्य रहनु पर्ने शन्देश दिदै जिवन भनेकै भोगाईहरुको समिश्रण भएको तर्क राख्नु भयो । 

4566666666 1

बैशाक १५ गते शनिवार चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा  आयोजना गरिएको कार्यक्रममा १ हजार दर्शकहरुको उपस्थिती रहने सि आइ सीकी बिर्तामोडकी प्रमुख आश्मा बन्जराले बताउनु भयो ।

   २०२१ साल बाट शुरु गरिएको यो अभियान नेपालको दोश्रो श्रुङखला अन्र्तगत ५५ औ एपिसोड रहको साईग्रेसले बताउनु भयो । 

 नेपालको हकमा झापाको बिर्तामोड मा बैशाक १५ गतेबाट शुरु भई जेष्ठ ५ गते राष्ट्रिय सभा गृहमा कार्यक्रमको विसर्जन गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

1233333

कार्यक्रमको सञ्चालन नविन भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा समाज सेवी युवा व्यवसायी सञ्चारकर्मी अर्जुन उप्रेती सञ्जिव गिरी, लगायतको उपस्थिति रहेको थियो । 

विगत लामो समयबाट क्यानडा जान चाहने विद्यार्थीहरलाई प्रभावकारी काउन्सिलिङ  गर्दै आएको सि आई सि एजुकेशन हवले  क्यानाडामा बसोबास गर्ने नेपाली युवाहरु बिचमा पनि साईग्रेससंग शब्द यात्रा कार्यक्रम राखिएको जानकारी गराइयो । 

पत्रकारहरुको प्रश्नको जवाफ दिदै  प्रसिद्व कथा बाचक पोखरेलले दर्शक श्रोताको अपार माया पाएको र त्यो नै आफ्नो सफल्ता रहेको बताउनु भयो ।