बिर्तामोड। भरत भाबुक  प्रसाई , नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो १४ औ जिल्ला अधिवेशनकाे  अवसरमा विविध मिडिया हाउसमा कार्यरत  सञ्चारकर्मी सम्मानलाई  गरेको छ ।


999999999999999

आज झापाको बिर्तामोड स्थित अतिथी सदनको सभाहलमा आयोजित कार्यक्रमको प्रतिनिधि सभाका सभामुख देवराज धिमिरेले गमलामा पानी हाली पानसमा दिप प्रज्वलन गरी अधिवेशनकाे उद्घाटन गर्नु भएको थियो ।

gggggसम्मान तथा पुरस्कार घोषणा  समितिका संयोजक तथा पूर्व केन्द्रिय महासचिव चन्द्र भण्डारीले कार्यक्रममा सम्मानित भएका पत्रकारहरुको पुरस्कार सार्वजनिक गर्नु भएको थियो । 

9999999999999999999999

  पत्रकार महासंघले दाताहरुको सहयोगमा यसै वर्षबाट  थप ३ वटा नयाँगरी ७ वटा पुरस्कार वितरण गर्ने भण्डारीले बताउनु भयो । 

 उहाँले ५ वटा ३ वर्षे कार्यकाल  पश्चात अधिवेशनको समयमा  र २ वटा हरेक वर्ष वितरण गरिने  बताउनु भयो । 

555555555555555555यस वर्षबाट महासंघले  पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले विधागत सम्मान शुरु गरेको छ । 

नेपाल पत्रकार महासंघकी केन्द्रिय उपाध्यक्ष बाला अधिकारी, प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका महामन्त्रि बिश्वप्रकाश शर्माले संयुक्त रुपमा नगद दोसल्ला र खादा ओडाई सम्मान गर्नु भएको थियो ।

8888888888888मोती पत्रकारिता पुरस्कारबाट  अग्रज पत्रकार  केशव आर्चाय र  कृष्ण हुमागाँई सम्मानित हुनु भएको छ ।

  उहाँहरुले जनही १ लाख १ हजार १ सय ११  रकम प्राप्त गर्नु भएको छ ।    त्यस्तै केटो पत्रकारिता पुरुस्कारबाट नरेन्द्र ढकाल, टंकप्रसाद रमा देवी पुरस्कारबाट राजबाबु शंकर, सक्रिय समावेशी   पुरस्कार बाट  गणेख मुखिया सम्मानित हुनु भएको छ ।उहाँलाई २५ हजार ५ सय ५५ रुपैयाले सम्मान गरिएको हो । 

8

त्यस्तै यसै बर्षबाट शुरु गरिएको  केदार बजगाँई  स्मृती  लैगिंक समानता पत्रकारिता पुरस्कारबाट पत्रकार लिला अनमोल र रेजिना रोदन सम्मानित हुनुभएको छ ।

उहाँहरु जनही २५  हजार रुपैयाले सम्मानित हुनु भएको हो । 

कार्यक्रम कै बिच मेचीमहाकाली  प्रथम साइकल यात्रा गर्ने पत्रकार  मुक्ति पौडेल, उदयमान  पत्रकारिताबाट प्रकाश पौड्यल मेचीनगर र  चन्द्र बस्नेत , टेलिभिजन   पत्रकारिता सम्मान पुरस्कार बाट  सुदीप  अधिकारी, काटुन पत्रकारिताबाट पवन राजवंशी, अन्लाइन पत्रकारिताबाट उद्वव पुरी सहित छापा मिडियाबाट झुलन  रेग्मी सम्मानित हुनु भएको छ । 

 महासंघ झापा शाखाको चौथो  अंङग बुलेटिन  विमोचन समेत गरिएको थियो ।

123333आजै बन्दसत्र पछि निर्वाचन समिति चयन गरिने पत्रकार तिलक योञ्जनले जानकारी  दिनु भयो । 

झापाली पत्रकारितामा लामो समयबाट क्रियाशिल अग्रज पत्रकार जो उमेरले ६० भन्दा माथी छन्  उनीहरुलाई पनि नेपाल पत्रकार महासंघले सम्मान गरेको छ ।

पत्रकार महाँसंघका उपाध्यक्ष  केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गर्नु भएको थियो ।