बिर्तामोड । मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको बिर्तामोडमा वैशाख २३ गते आईतबार हुने भएको छ । कार्यक्रमका बारेमा आयोजक संस्था द हिडन ट्रेजरले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीका अनुसार ३०औं संस्करणको मिस नेपालका लागि क्षेत्रीय अडिसन बिर्तामोडको होटल सिद्धार्थमा आयोजना गर्न लागिएको छ ।

यसअघि भरतपुर, वीरगन्ज, नेपालगन्ज, पोखरा र सुर्खेतमा अडिसन सकिएको र इटहरी र भैरहवामा अडिसन बाँकी रहेको उनले जानकारी दिए । युवाले आफ्नो देशलाई कस्तो बनाउने भन्नेमा भूमिका निर्वाह गर्न र आफ्नो क्षमता प्रस्तुत गर्ने उत्तम प्लेटर्फमको रुपमा मिस नेपाल रहेकाले युवतीहरुलाई प्रतियोगितामा सहभागी हुन मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधानले आग्रह गरिन् ।