कनकाई । झापाको जामुनखाडी कन्काईमा नेपाल पत्रकार महासंघ झापा शाखाले १ दिने मिडिया सम्मेलन सम्पन्न गरेको छ ।

संघीयतामा सञ्चार  निती नियतनियती भन्ने मूल नारा सहित आयोजित कार्यक्रममा डिजिटल पत्रकारिता र यसको चुनौतीका सम्बन्धमा  परार्मश सहितको सामूहिक बहसको आयोजना गरिएको थियो ।


कार्यक्रमको दोश्रो श्रङखला  बरिष्ठ पत्रकार शिव गाँउलले सहजीकरण गर्नु भएको कार्यक्रममा डिजिटल सञ्चारको उपयागीता र आवश्यकता सम्बन्ध बक्ताहरुले  फरक फरक  टिप्पणी गरेका थिए ।

कोशी प्रदेशका आन्तरीक मामिला  तथा कानुनमन्त्री   रोमबहादुर राणाको प्रमुख आतिथ्यता रहको कार्यक्रलाई झापा शाखा उपाध्यक्ष केशव भट्टराईले स्वागत गर्नू भएको थियो ।


 
441939227_7708689729191418_5780551294092789290_nकार्यक्रममा कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसूचना विभागका निर्देशक  भरत गौतम,  नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टपूर्व अध्यक्ष धर्मेन्द्र झा लगायत  जवाफदेही बक्ताको रुपमा पत्रकारहरुको प्रश्नको उत्तर दिएका थिए । 

 पत्रकारितामा देखिदै आएको चुनौती र समाधानका सवालमा सधन छलफल गरिएकाे कार्यक्रममा पत्रकार एवं पूर्व अध्यक्ष शिव गाँउलेले सहजीकरण गर्नु भएकाे थियाे । 

अन्तरसंवाद कार्यक्रमका बिच डिजीटल मिडियाको प्रयोगका सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो ।

पत्रकार एवं पूर्व अध्यक्ष शिव गाँउलेले संघीयता र प्रेसको अवस्था सुधार्न आफैलाई चिमोटेर सुरु गर्न पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

उहाँले पत्रकारको नाममा सूचना दिएर समाचारको परिभाषा दिने प्रथाको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो ।


 नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश भरीका पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमलाइ सफल बनाउन कनकाइ नगरपािलकाले विशेष भुमिका खेलेकाे थियाे ।