बिर्तामोड ।  भरत भाबुक प्रसाई झापाको बिर्तामोडमा रहेको वि एण्ड सीले हेड तथा स्पाइनल इन्जुरी भएका संवेदनशिल बिरामीका लागी १ लाख सम्मको स्वास्थ्य बिमा सञ्चालनमा ल्याएको छ । 

विपन्न नागरिक औषधी कोष कार्यक्रम अन्र्तगत स्वास्थ्य कार्यलयको सहयोगमा आजबाट यो सेवा सञ्चालनमा आएको विएण्ड सीका जनसम्पर्क प्रमुख  प्रमिश गिरीले जानकारी दिनु भयो । 


Capture 1

उहाँले पूर्वमा  हेड तथा स्पाइनल इन्जुरीमा सरकारबाट सुचिकृत हुने संस्था वि एण्ड सी बन्न सफल भएको बताउनु भयो ।उहाँले दुर्घटनाजन्य इन्जुरीलाई मात्रै कार्यक्रमले समेट्ने बताउनु भयो । 

 न्यरो डक्टर करुणा ताम्राकारले नेपाल सरकारले विपन्न नागरिकलाई हेड तथा स्पाइनल इन्जुरीका निम्ति स्वास्थ्य बिमा दिएको बताउदै कुनै पनि टाउको र स्पाइनको चोटबाट ग्रसित नेपाली नागरिकले यो सेवा लिन सक्ने बताउनु भयो .

1 1उहाँले सामान्य हेड इन्जुरी देखि सिनिय हेड इन्जुरी  सम्मको उपचार गरिने बताउनु भयो ।

 त्यस्तै अर्का न्यरो डाक्टर  निराजन पराजुलीले स्पाइनल अपरेशनपछी हालिने रड र  स्क्रुका लागी यो योजना बिमा भित्र नपर्ने बताउनु भयो ।

 पत्रकारहरुको प्रश्नको जवाफ दिदै जनसम्पर्क अधिकारी गिरीले चडै  रोकिएको बिमा सेवा सञ्चालनमा आउने बताउनु भयो ।