नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताउनुभएको छ । 


बुधवार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताउनु भयो ।

उहाँले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताउनु भयो ।उहाँले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेलेको बताउनु भयो ।

उहाँले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताउनु भयो ।कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताउनु भयो ।

चलचित्रले समाजमा रहेको विकृति र विसंगतिको बारेमा आवाज उठाएको बताउनु भयो ।


उहाँले चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सिमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको बताउनु भयो ।