बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको बिर्तामोड १ मा रहेको मनकामना स्कुलले विद्यार्थीलाई मतदान शिक्षा प्रदान गर्ने उदेश्यले नमुना मतदानद्वारा क्यापटेन चयन गरेको छ । 

नागरिकलाई मतदानको महत्व कत्ति हुन्छ भन्ने कुराको शिक्षा प्रदान गर्ने उदेश्यले प्रयोगात्मक  मतदानको आयोजना गरिएको निर्वाचन आयुक्त माधव पौड्यलले बताउनु भयो ।

_MG_0037आज  भएको निर्वाचनबाट   निलेन्थ मगरले ५६ मत प्राप्त परि ब्लु हाउस बाट क्यापटेनमा, ४४ मत हासिल गरि मोहम्मद अमिर एल्लोबाट  ,४६ मत प्राप्त गरी मनिस गणेश ग्रीन हाउबाट  र  ५५ मत प्राप्त गरी योजन ढुङगाना रेड हाउस बाट क्यापटेनमा निर्वाचित भएका  हुन् ।

IMG_0044

कुल ३ सय ४४ मत खसेकोमा ४ मत बदर भएको थियो ।

कक्षा ४ देखी १० सम्मका विद्यार्थीहरु उल्लासका साथ आफ्नो लिडर छान्न चुनावमा होमिएका विद्यालयका प्रधानाध्यापक केशव ढुङगामाले बताउनु भयो । 

IMG_0048नेतुत्व चयनका लागी अभ्यास हुने भएकाले प्रत्येक वर्ष क्यापटेनको छनोट विद्यार्थीको रोजाईबाट गरिएको उहाँको भनाइ  छ । 

उहाँले सदनको नेतृत्व मतदानबाट छान्नु पर्छ भन्ने अवधारणा अनुरुप विद्यार्थी सिकाईको रुपमा यो  मतदान गरिएको बताउनु भयो । 

IMG_0040

उहाँले गएको ९ वर्षबाट यो अभियानलाई निरन्तरता दिईदै आएको बताउनु भयो ।

त्यस्तै  मतदान बिचबाट  ६० मत  प्राप्त गरी प्राप्ति लिम्बु, ५५ मत ल्याई प्रजिता गिरी, ५५ मत ल्याई सुजन खरेल र ४४ मत ल्याई युनिसा उप्रेती भाइस क्यापटेनमा निर्वाचित भएका  छन् ।

विषयको परियोजना अन्तर्गत विद्यार्थीहरुलाई चुनावी प्रक्रियामा सहभागी गराइएको प्रअ. ढुङगाना बताउनु हुन्छ । 


7777777

विद्यार्थीहरुलाई पढाईका साथै व्यवहारिक रुपमा संसदीय चुनावको अभ्यास गराउँदा भोलीका दिनमा महत्वपूर्ण जिम्मेवारी नेतृत्व चयनमा विद्यार्थी नअल्मलिने भएकाले निर्वाचनबाट स्कुलका क्यापटेन छनोट गरिएको निर्वाचन आयुक्त पौडेलले बताउनु भयो । 

5555555555555मनकामना विद्यालयले विद्यार्थी मैत्री शिक्षाका लागी कुनै सम्झौता नगर्ने  विद्यालयका प्रधानाध्यापक ढुङगानाले दाबी गर्नु भयाे। मतदान परिवेक्षका रुपमा शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।