बिर्तामोड । भरत भाबुक प्रसाई ,साहित्य चौतारी झापाको रजतवर्ष महाअभियानको सन्दर्भमा वैशाख महिनाको मासिक साङ्गीतिक कार्यक्रमअन्तर्गत साहित्य, सङ्गीत र कला क्षेत्रका सात जना व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
साथै वैशाख २८ गते पर्न गएको विश्व मातृत्व दिवसको सन्दर्भमा मातासम्बन्धी कविता, गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।
संस्थाका संस्थापक संरक्षक तथा वर्तमान कार्य समितिका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता रहेकाे काव्य सभाका प्रमुख व्यक्तित्व डा. ठाकुरप्रसाद पोखरेल रहनु भएकाे िथयाे ।
संरक्षक उर्मिला बिमली श्रेष्ठले कार्यक्रमको संयोजन गरेकाे कार्यक्रमको सञ्चालन महासिचव भानुभक्त कुभिण्डेलीले गर्नु भएकाे थियाे ।
कार्यक्रमको प्रारम्भमा नै संस्थाकी संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्ना केही कुरा राख्दै कला साहित्यका धुरन्धर विद्ववानहरुलाई सम्मान गर्ने अवसर पाएकोमा आफुलाई खुसी लागेको बताउनु भयो । संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङले शब्दद्वारा स्वागत गरेको सभालाई साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले गीतबाट स्वागत गर्नु भएको थियो ।
प्रमुख व्यक्तित्व डा. ठाकुरप्रसाद पोखरेले पानसमा वत्ति बालेर, ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।
विशेष कार्यक्रमका बिच यादवप्रसाद अधिकारी झाँक्रीखोले दमक, साहित्य, चूडामणि वशिष्ठ भद्रपुर, झापा साहित्य÷हास्यव्यङ्ग्य, टङ्क काफ्ले विकल्प बुधबारे, झापा पूर्व अध्यक्ष, देवेन्द्र हुमागाईं बिर्तामोड, झापा रचना सम्पादन समिति पूर्वसंयोजक, विष्णु न्यौपाने दमक, साहित्य, सावित्रा ढुङ्गाना काठमाडौँ साहित्य ,कमला खनाल दमक, झापा सङ्गीत तर्फबाट सम्मान गरिएको थियो ।
उल्लेखित व्यक्तित्वहरूको अभिनन्दन तथा सम्मानपत्रको वाचन क्रमशः हरिनारायण भट्टराई, हिम्मत नेम्बाङ, दिलिप अधिकारी, अनिरुद्र ओली, केशव आचार्य र चित्रा पौडेलले गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्व शावित्रा ढुङ्गाना विशेष कारण उपस्थित रहेको थिएन ।

कार्यक्रमको प्रारम्भमा संस्थाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठल कार्यक्रम मा सबैलाई स्वागत गर्दै महासचिव भानुभक्त कुभिण्डेलीलाई कार्यक्रम सञ्चालन को जिम्मेवारी प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा चिरञ्जीवी सिग्देल काठमाडौँ, मेघनाथ बन्धु, तुलसी निरौला, इलामे जेठो लगायतले कविता तथा मुक्तक वाचन गर्नु भएको थियो भने निसु निरौला, कल्पना भट्टराई, प्राप्ति गौतम र शिखा भट्टराईले नृत्य प्रस्तुत गर्नु भएको थियो ।
यस्तै अविजित कोइराला, लीलानाथ भट्टराई, इन्दु मगराती, एन्जल गहतराज, रोहिका तिम्सिना, रचित बस्नेत, स्विकृति निरौला, उष्नवी मैनाली लगायतले गायन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा धनकुटाका वरिष्ठ चित्रकार डिल्लीकृष्ण आलेले मूर्तिकार हिम्मत नेम्बाङ साहित्य चौतारीका उपाध्यक्षको फोटो हातले बनाएर उपहारस्वरूप हस्तानान्तरण गर्दा उहाँको जीवन्त कलाकारिता देखिएको थियो ।
हिजो २०८१ वैशाख २८ गते अक्षयतृतिया परेकाले सोही सन्दर्भमा आज उपस्थित सम्पूर्ण अतिथिहरूलाई सातु सर्वतको सेवा उपलब्ध गराइएको थियो ।
होटल हिकोला हेरिटेज विर्तामोडको आर्थिक लगानीमा साहित्य चौतारी झापा परिवारले बटुवा र सर्वसाधरणका लागि शुद्ध पिउने पानीको व्यवस्थापन गरी होटल हिकोला हेरिटेजअगाडि जोर धारा सञ्चालनमा ल्याएको छ ।
साथै आर्ट स्टुडियो नौमति बाजा महिला समुहबाट सम्भवतः नेपालमा नै पहिलो ब्याण्ड पाटा बाजाको पनि उद्घाटन गरिएको थियो ।
काव्यसभामा उर्मिला विमली श्रेष्ठ, पुण्यप्रसाद खरेल, चिरञ्जीवी सिग्देल, मेघनाथ बन्धु, डिल्लीकृष्ण आले, देवेन्द्र हुमागाईं, कमला खनाल, वीरेन्द्र खड्का, कृष्णमाया बुढाथोकी, सुशीला दाहाल, रुद्र ओली, विरही अधिकारी, बिन्दु दहाल मूकदर्शक, केशव आचार्य, हरिनारायण भट्टराई, , प्रमोद दाहाल, हेमन्त तिम्सिना, नरपति पाण्डे, आचार्य छन्दुराम भण्डारी, इलामे जेठो, अनिरुद्र ओली, झाँक्रीखोले, विष्णुप्रसाद न्यौपाने, डा. खगेन्द्रप्रसाद दाहाल, कल्पना भट्टराई, धनकुमारी भट्टराई, तुलसीप्रसाद निरौला, हिम्मत नेम्बाङ, एन।बी दाहाल नवीन, चित्रा पौडेल, सञ्चारकर्मी भरत प्रसाईं, राजेन्द्र संग्रौला, भवानीप्रसाद गौतम, कल्पना भट्टराई, शोभा बिमली, धनकुमारी भट्टराई, मनिषा भट्टराई, चित्रा पौडेल, इन्दिरा मगराती, मातृकाप्रसाद सङ्ग्रौला, रियाज रिजाल, लीलानाथ भट्टराई, मीना अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।














