प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे अवराेधपछि सङ्घीय संसद्काे दुवै सदनकाे बैठक स्थगित भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेकाे बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठकमा अवराेध गरेका हुन् ।

याे बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियाे ।

तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेस सांसदले नाराबाजी गरी अवराेध गरेसँगै सभामुख देवराज घिमिरेले अर्काे बैठक पर्सि बिहीवार बिहान ११ बजेका लागि बाेलाउनुभएकाे छ ।

कांग्रेसले राष्ट्रिय सभा बैठकमा पनि अवराेध गरेकाे छ । राष्ट्रिय सभामा पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन । कांग्रेसले अवरोध गरेपछि सभाका अध्यक्ष नारायण दाहालले पर्सि बिहीवारसम्मका लागि बैठक स्थगित गर्नुभएकाे छ ।

कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गर्दै आएको छ ।

डेंगी राेगबाट बचाैं