इलाम । भरत प्रसाई, इलामको रोङ गाउँपालिकामा नेपालमै पहिलोपटक सामुदायिक विद्यालयका शिक्षकहरुका लागि ३५ दिने निःशुल्क कम्प्युटर सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रोङ गाउँपालिकाको आयोजना तथा GIZ Nepal को प्राविधिक सहयोगमा रोङ गाउँपालिका वडा नं २ को शान्तिपुर माध्यमिक विध्यालयमा उक्त तालिम सम्पन्न भएको हो।
शिक्षण सिकाइलाइ प्रभावकारी बनाउनका साथै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरलाइ प्रविधि सँगै अगाडि बढाउने उद्देश्यका साथ सम्पन्न उक्त तालिममा रोङ गाउँपालिका वडा नं १ र २ का ५ वटा विध्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।
वडा नं १ बाट ज्ञानोदय आधारभूत विध्यालय, ज्योति आधारभूत विध्यालय, किसान जनहित आधारभूत विध्यालय र देविगञ्ज आधारभूत विध्यालय साथै वडा नं २ बाट शान्तिपुर माध्यमिक विध्यालयका करिब ५० जना शिक्षकहरुले तालिम लिएका छन्। कम्प्युटर सम्बन्धी तालिमलाइ अझ बिस्तार गरेर बिस्तारै गाँउपालिकालाइ कागजविहिन बनाउने गाउँपालिकाको उदेश्य रहेको छ ।
रोङ गाउँपालिका शिक्षा शाखा प्रमुख श्रुति तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथीहरु रोङ गाउपालिका आन्तरिक लेखा प्रमुख दुर्गा चौलागाईं, रोजगार शाखा प्रमुख सुरभी गुरुङ,
शिक्षा शाखा प्रशासन सहायक सुजता पौड्याल र कार्यपालिका सदस्य साथै रोङ १ वडा सदस्य लक्ष्मी नेपालीको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख श्रुति तामाङले तालिममा सहभागी सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद दिदै शिक्षकहरुलाइ थप जिम्मेवारी थपिएको र आउने दिनहरुमा पालिकाले शिक्षा क्षेत्रमा अन्य थुप्रै तालिमहरु लिएर आउने कुरामा विश्वास व्यक्त गर्नुभयो साथै तालिमले रोङको शिक्षामा ठूलो सहयोग भएको भन्दै अन्य वडामा पनि शिक्षालाई प्रबिधिसग जोड्ने कुरामा पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा सदस्य लक्ष्मी नेपालीले बजेटको समय भएकोले विध्यालयहरुलाई आवश्यक कुरामा वडासँग सहकार्य गर्न अनुरोध गर्नुभयो।
कार्यक्रममा प्रशिक्षक राजकुमार श्रेष्ठले आफ्नो अनुभव साथै शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो साथै प्रशिक्षार्थी को तर्फबाट बोल्दै महेन्द्र पोख्रेलले तालिम उत्कृष्ट रहेको र प्रविधिमा कम्प्युटर नै सबैकुरा रहेको भन्दै यसले शिक्षण सिकाइ थप प्रभावकारी हुने बताउनुभयो ।
त्यस्तै नन्दलाल शिवाकोटीले तालिमको सिकाइलाइ निरन्तर दिइरहनु पर्ने बताउँदै बिध्यालयमा आवश्यक स्रोतसाधन भए अझ सजिलो हुने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा तालिमबाट लाभान्वित भएका सबै शिकहरुलाइ गाँउपालिकाद्वारा प्रमाण पत्र वितरण गरिएको थियो भने कार्यक्रमको संचालन तालिमका सहजकर्ता बिमल कट्टेलले गर्नुभएको थियो ।














