३ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् ।
सम्भव भए आजै सरकार विस्तार गर्ने उनको तयारी छ । तर, सत्ता घटक माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाटका विषयमा सहमति भइसकेको छैन ।
प्रदेशमा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित तीन मन्त्रालयमा दाबी गरेको छ ।
तर, मुख्यमन्त्री कार्की माओवादीलाई आर्थिक मामिला तथाा योजना मन्त्रालय दिन तयार छैनन ।
भौतिक पूर्वाधार मन्त्रालयसहित तीन मन्त्रालय लिन मुख्यमन्त्रीले माओवादी केन्द्रलाई प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रलाई भौतिक पूर्वाधार, पर्यटन वन तथा वातावरण, सामाजिक विकास मन्त्रालय लिन प्रस्ताव गरेका थिए । कोशीमा नौं वटा मन्त्रालय छन् । जसमा एमालेले पाँच मन्त्रालय पाउने सहमति छ ।














