बिर्तामोड । भरत प्रसाई, यशोदा निरौला स्मृति प्रतिष्ठानले गरीव र विपन्न परिवारका निम्ति शवबाहन सञ्चालनमा ल्याएको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको प्रतिष्ठानले यशोदा निरौलाको नवौं स्मृति दिवसको अवसर पारेर शवबाहन सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन गरी शवबाहनका बारेमा जानकारी गराएको थियो । 

123 1

यशोदाको निधनपछि परिवारले प्रतिष्ठानको स्थापना गरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ । प्रतिष्ठानले यस बर्षदेखि शब वाहन खरिद गरी अति विपन्न परिवारलाई निःशुल्क सेवा प्रदान गर्ने उदेश्य रहेका सञ्चालनमा  ल्याइएको प्रतिष्ठानका संस्थापक अध्यक्ष बिष्णुकुमार निरौलाले जानकारी दिनु भयो ।

प्रतिष्ठानले यसअघि अति विपन्न परिवारका लागि आर्थिक सहयोग, निःशुल्क आँखा शिविर तथा औषधि बितरण, रक्तदान, अर्जुनधारा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि एक लाख रुपैयाँ प्रदान गरेको थियो ।

संस्थाको नाममा रहेको कोषको व्याज र अपुग रकम परिवारले थप गर्दै ७ लाख रुपैयाँमा शबवाहन खरिद गरेको प्रतिष्ठानका सचिब तथा यशोदाका श्रीमान रमेश निरौलाले बताउनु भयो । 

त्यस्तै एक सय १० जना विपन्न परिवारको स्वास्थ्य विमा, अपङ्गता भएका व्यक्तिलाई निःशुल्क ब्हीलचेयर वितरण, नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई आर्थिक सहयोग, एकका लागि एक अभियानलाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान गरेको संस्थाका  सचिव रमेश निरौलाले जानकारी दिनु भयो ।

उनका अनुसार संस्थाले गर्भवती महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरुको उपचारका लागि समेत आर्थिक सहयोग गर्दै आएको छ । संस्थाले आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिने संस्थाका संरक्षक सागरमणि ढकालले जानकारी दिनु भयो ।

प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठानका सचिव रमेश निरौलाले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका दुर्गाप्रसाद निरौला, डिल्लीराम निरौलासहित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।  

555555

यशोदाको सुत्केरी उपचारका क्रममा २०७२ साल जेठ ७ गते बिर्तामोडको बिर्तासिटी अस्पतालमा निधन भएको थियो । यशोदाको निधनपछि अस्तालले उपलब्ध गराएको ५ लाख र परिवारले ५ लाख थपेर अक्षयकोष स्थापना गरिएको र हाल उक्त कोष १५ लाख रुपैयाँको भएको  प्रतिष्ठानका सचिव निरौलाले बताउनु भयो ।