बिगत एक दशक देखि मोडलिङ्ग र अभिनयमा रमाउदै आएका मोडल कलाकार तथा पत्रकार समीर सुवेदी अब त्यही गरौंला यो मनले जे भन्छू बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सुमन केशी र अनु चौधरीको आवाजमा अम्बिका गुरुङको शब्द लेखु सहयात्रीको संगीत रहेको छ। म्युजिक एरेन्ज, मिक्सिङ, माष्टरिङ सुमन केशिको रहेको छ ।


 पोस्ट प्रडक्सन सफल मोसनले गरेको हो । सहायक छायांकन र ड्रोन आर डी दुलालले गरेका हुन।

सम्पादन रङ्गरोकन तथा पोष्टर बिष्णु खड्काले गरेका छन भने भिडियोको छायांकन र निर्देशन चिलगाडी फिल्मसका सुरेश काफ्लेले गरेका हुन ।


उक्त भिडियो मंगलबार ४ बजे भाबसगर इन्टरटेमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक भएको छ।

 भिडियोमा समीर सुवेदीलाई ऋचा थापाले साथ दिएकी छिन। भिडियोमा दुबैको गज्जबको अभिनय देख्न सकिन्छ ।

रंगमंचबाट अभिनय साथै मोड्लिङ्ग सुरुवात गरेका सुबेदीले विभिन्न टेलीसिरियलमा समेत अभिनय गरेका छन ।

 उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने हास्य टेलि शृखलामा चिबे बुढोू  पात्रबाट लामो समय अभिनय गरे ।

हास्य टेली सिरियल  हास्नु हुन्न है साथै कान्छी बुहारीको लेखन तथा निर्देशन समेत गर्दै आएका समिर पत्रकारिता समेत गर्छन ।

सडकमा अलपत्र परेका साथै विपन्न परिवारका मानिसलाई सहयोग गर्दै आएका समिर अहिले चर्चामा छन।

यसअघि उनले मेलिना राईको स्वरमा दिपक ओलिको संगीतमा राम राम तिम्रो कसम निकै रुचाइएको थियो ।

 सुमन केशिकै रङ्दैन मनमा अभिनय गरेको दुई महिनामा फेरि उनको अर्को भिडियो आएको छ ।

दर्जनौ गितका भिडियोहरुमा अभिनय गरिसकेका समिर पुर्वबाटै संघर्ष गर्दै निकै राम्रो अभिनय गरेर आफुलाई प्रमाणित गरेका छन । अवसर पाए निकै माथी पुग्ने संभावना देखिन्छ ।