झापाको बाह्रदशी स्थित चकचकी वडा नम्वर ४ मा अवस्थित कानगोङग बोडिङग स्कुलले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संग जोड्न  उद्घोषण तथा भाषण कला शिक्षा प्रारम्भ गरेको छ ।

509b581b-b623-4e9f-8827-af0668637235

  दुरदराज गाँउमा रहेरपनी विद्यार्थीको चौतर्फी  क्षमता बिकास गर्ने उदेश्यले  अतिरिक्त शिक्षाको थालनी गरिएको विद्यालयका सहायक प्रिन्सपल सुनिल राजवंशीले जानकारी दिनु भयो ।

ba43013d-e2aa-4609-97ec-9dcae8e5d8fc

 जनहितमा जारी

विद्यार्थीको क्षमता विकासले स्कुलको छवीलाई पनि उच्च राख्ने भएकाले यो फरक शिक्षा दिन विद्यालय प्रशासन जुटेको उहाँले बताउनु भयो । 

41d7ed5e-3c4c-45f4-af8a-37ff87878e30सुल्ला चौरी सुविधा सम्पन्न भवन संरचना , दक्ष शिक्षकहरु रहेको विद्यालयमा विद्यार्थीलाई फरक तरिकाले सिकाई अभ्यास गराइने भएकाले यो विद्यालय अभिभावको रोजाई बन्न सफल भएको छ ।

cc955f63-d802-4831-9465-016fe6694c82विद्यार्थीहरुमा आत्म विश्वास ,केही गर्ने सोच, प्रविधी संग चिनारी गराउने उदेश्यले विद्यालयले सिलेवशको रुपमै उद्घोषण शिक्षा सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक बिमल राजवंशीले जानकारी दिनु भयो ।

  सुर्योदय टेलिभिजनका डेस्क सम्पादक तथा मोफसल अन्लाइन न्युज र्पोटलका प्रधान सम्पादक भरत प्रसाईले सहजीकरण गर्नु भएको उद्घोषण तथा भाषण कला प्रशिक्षणको रुपमा मात्र नभएर पाठ्यक्रमकै रुपमा  अध्ययन गराउन लागिएको विद्यालयका प्रधानाध्यापक राजवंशीले बताउनु भयो ।


विद्यार्थीको सुविधालाई मध्यनजर गरेर बस सेवा सञ्चालन गरेको विद्यालयले  विद्यार्थीमैत्री शिक्षा र प्रविधि संग विद्यार्थीको पहुच पु¥याउने उदृेश्यले विभिन्न समयमा प्राविधिक शिक्षा समेत प्रदान गर्दै आएको छ ।