बिर्तामोड । ओमनारायण राजवंशी, झापाको विर्तामोड १ मा रहेको मनकामना कलेजले कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सविधान र कानुनबारे जानकारी गराउन विद्यार्थीसंग मुख्य न्यायधिवक्ता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

IMG-20240610-WA0010मुख्य न्यायधिवक्ताको कार्यालय कोशी प्रदेश विराटनगरको आयोजनामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालय विराटनगरका उपन्यायधिवक्ता राजेन्द्र बहादुर बस्नेत, सहायक न्यायधिवक्ता रविन सापकोटा, सहायक न्यायधिवक्ता दिपेन्द्र कुमार दास, तिलक रिजाल, मनकामना क्याम्पस कोअर्डिनेटर कुमार थपलिया, क्याम्पस सहायक प्रमुख राजेन्द्र प्रसाई, शिक्षक चुडामणी न्यौपाने लगायत मनकामना कलेज विभिन्न संकायमा अध्ययनरत विधार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

IMG-20240610-WA0005कार्यक्रमको उद्देश्यमाथी सहायक न्यायधिवत्ता रविन सापकोटाले प्रकाश पार्नु भएको थियो ।अन्तरक्रियामा साइबर क्राइम,करणी मुद्दाबारेको विषयमा ज्ञान दिनुको साथै विभिन्न विद्यार्थीहरुको जिज्ञासा माथी छलफल गरिएको थियो ।

  दिपेन्द्र कुमार दासले सञ्चालन गर्नु भएको कार्यत्रमको स्वागत मन्तव्य सुधिर सुबेदीले  गर्नु भयो । 

 विद्यार्थीहरु भविष्यका कर्णधार नभएर वर्तमानका साझेदार भएको तर्क उपन्यायधिवक्ता राजेन्द्र बहादुर बस्नेतले दिनु भयो । 


कार्यक्रमको समापनमा उपस्थित अतिथिहरुलाई मनकामना क्याम्पसका तर्फबाट कोअर्डिनेटर कुमार थपलियाले मायाको चिनो प्रदान गर्नुभयो ।