बिर्तामोड । भरत भाबुक प्रसाई ,उज्यालो मनकामना बालक्लबको ८०र८१ सालको समितिको विघठन तथा नयाँ कार्यसमितिको चयन भएको छ।
बाल क्लबका अध्यक्ष मनिष गणेशको अध्यक्षता तथा मनकामना क्याम्पसका संस्थापक तथा शैक्षिक कोअर्डिनेटर कुमार थापालियाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्लबका फोकल पर्सन सरिता पौडेलले बालक्लबले गर्दै आएका कार्यहरूको बारेमा जानकारी दिनुभएको थियो। बाल क्लबको अध्यक्षमा ८१र८२ का लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थी युनिसा उप्रेती चयन हुनुभएको छ।
क्लबकी सदस्य शोभा राजवंशीले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव ढुंगाना र शिक्षक इसीए कोअडीनेटर ओम कडरियाले क्लबको प्रशंसा गर्दै विद्यार्थीहरूलाई हौसला प्रदान गर्नु भएको थियो ।
सहप्राध्यापक धुर्व गौतम, स्काउट मास्टर वन्दना अधिकारी, प्राइमरी इन्चार्ज इन्दिरा प्रसाई को उपस्थित रहेको कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न भएको थियो ।














