भरत भाबुक प्रसाई । बिर्तामोड, आर्थिक संकटको कारणले देखिएको चुनौतीलाई सामूहिक समाधान गर्ने उदेश्यले युवा व्यवसायी  सुसन पराजुलीको अध्यक्षतामा  युवा व्यवसायी समाज झापा गठन भएको छ । 

a6834cee-f5d6-41e0-9c92-544be25867b2 कोभिड पछिको आर्थिक मन्दीका कारण व्यवसायबाट पलायन हुने स्थितीको पहिचान गरी  व्यवसायीहरुलाई रोक्ने प्रयास स्वरुप यो संस्थाको जन्म भएको  संस्थाका महासचिव  हरिप्रसाद आर्चायले जानकारी दिनु भयो । 

समूहको बैशाक २४ गते सोमबारका दिन बसेको भेलाले  अबको नगर बजेट व्यवसायमैत्री  हुनु पर्नेमा जोड दिदै , व्यवसायी करमा पुन मुल्याङकन गर्न आग्रह गरिएको छ । 

बिर्तामोड नगरपालिका भित्र सञ्चालित मझौला तथा साना उद्योगहरुलाई करको दायरामा ल्याउन नगरपालिका समक्ष आग्रह गरिएको छ । 

 जनहितमा जारी

आज  बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रामहतारा प्रसाई समक्ष ज्ञापन पत्र बुझाउदै संस्थाका महासचिव  हरिप्रसाद आर्चायले नगरपालिका व्यवसायीको हितमा सधै लागेको बताउदै करको दायरमा व्यवसायीहरुलाई ल्याउन आफुहरुको सहयोग रहने बताउनु भयो ।

a1253deb-ceb8-49c3-825c-ff92cbf30c59

संस्थाले बजार क्षेत्रलाई व्यवस्थित बनाउन बन्द हडतालरहित बजार, पार्किङको उचित ब्यवस्थापन साथै  सि सी जडानमा पनि विशेष ध्यान दिनु पर्ने बिर्तामोड नगरपालिलाइ  सुझाएको थियो । 

बिर्तामोड ५ मा केन्द्रिय कार्यलय रहको  संस्थाले  ६ बुदे ध्यानार्कषण पत्र बुझाएको हाे ।  ध्यानार्कषण पत्रमा पूँजीका आधारमा र मुनाफाका आधारमा  व्यवसायी कर लगाउनु पर्ने डाटा तथ्याङक समेत प्रस्तुत गरिएको छ ।