झापामा पहिलो पटक वान प्लस यातायात प्रालिले ज्येष्ठ नागरिक तथा  आपाङगमैत्री बस सञ्चालनमा ल्याएको छ ।

कन्काईस्थित कोटीहोममा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको बसमा भिआईपी सिटसहित स्लिपिङ बेडको पनि ब्यवस्था गरिएको छ ।

आजबाट बस यात्रुका लागी सञ्चालनमा आएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।विगत २ वर्षबाट सञ्चालनमा आएको वान प्लस यातायात प्रालिले धरान-काठमाण्डौ रुटमा राम्रो प्रतिक्रिया पाएपछि पहिलो पटक झापामा सञ्चालन गर्ने जमर्को गरेको सञ्चालक बिनोद कोइरालाले बताउनु भयो ।

उहाँले बिरामी,बृद्धबृद्धा र अपाङगता भएकाहरुले मात्रै स्लिपिङ बेडसहितको क्याबिन बुक गर्नसक्ने बताउनुभयो ।

करि २ करोड रुपैयाँ लगानी रहको बसमा एयर सस्पेन्सन, जिपिएस लोकेटरसहित सिसी टिभीको ब्यवस्थाले यात्रुहरुको यात्रा सुरक्षित रहने अर्का सञ्चालक रिवश काफ्लले जानकारी दिनुभयो ।

उहाँले यातायात अपाङगमैत्री भएन भन्ने जनगुनासो बढिरहेको परिपेक्षमा थोरै भएपनी यात्रुको समस्यालाई सम्बोधन गरिएको बताउनु भयो ।

उहाँले काकरभिट्टा काठमाण्डौको भाडा २२ सय राखिएको जानकारी दिनुभयो