सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको अनुदान सहयोग र क्षितिज नाट्य प्रतिष्ठान झापाको आयोजनामा संञ्चालीत नाट्य कला सम्बन्धि सात दिवसिय कार्यशाला सुक्रबार सम्पन्न भएको छ ।

सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको अनुदान सहयोग र क्षितिज नाट्य प्रतिष्ठान झापाको आयोजनामा संञ्चालीत नाट्य कला सम्बन्धि सात दिवसिय कार्यशाला सम्पन्न भएको छ ।

4ad15a8b-db4c-400e-b3d1-d111e972fbf5क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा जग्गादाता युवराज  चुडालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा   क्षितिज नाट्य प्रतिष्ठान अन्तर्गत नाट्य बिभागका ताप्लेजुङ ,पाँचथर,इलाम र झापा जिल्लाका २१ जना प्रशिक्षार्थिहरु बिच कार्यक्रम संञ्चालन गरिएको कुरा नाट्य प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिनु भएको छ ।     

 प्रतिष्ठानले आगामी आर्थिक बर्ष ८१ र ८२ मा सार्कराष्ट्र स्तरीय बहुभाषिक नाट्य महोत्सव गर्ने भएको हुदा सो महोत्सवलाइ मध्यनजर गरेर कलाकारहरुको स्तर उन्नतिका लागि कार्यशाला कार्यक्रमको आयोजना गरिएको कुरा प्रतिष्ठानका कार्यकारी अधिकृत राजकुमार भट्टराईले जानकारी दिनु भएको छ ।

5434149a-71ef-4130-a8af-56d8f0a34a45 नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका परिकल्पनाकार तथा अभियन्ता माधब कल्पितको निर्माण परिकल्पना र गजेन्द्र पृथकको लेखन निर्देशनमा आधारीत नाटक परिबन्धको समेत पुर्व तयारी भइरहेको प्रतिष्ठानका पाँचथर शाखा अध्यक्ष  नरेन्द्र खतिवडाले जानकारी दिनु भएको छ ।

आगामी आर्थिक बर्ष क्षितिजको भा‌ैतीक निर्माणका साथै सार्क केन्द्रीकृत नाट्य महोत्सवको बर्षका रुपमा रहने र सो नाट्य महोत्सवमा सात प्रदेश बाट १४ वटा ,सार्क राष्ट्र बाट १४ वटा र आयोजकको तर्फबाट १ गरि २९ वटा नाटक १ महिना भर मञ्चन गरिने गरि महोत्सवको आयोजना गर्न लागिएको कुरा नाट्य बिभागका अध्यक्ष गजेन्द्र पृथकले जानकारी दिनु भएको हो।

करिव ६० लाखको लगानी मा सम्पन्न गर्ने गरि आयोजना गर्न लागिएको महोत्सवलाइ मध्यनजर गरेर बजेट बिनियोजन गरि दिनु हुन प्रतिष्ठानले संघ, प्रदेश र बिशेषत बिर्तामोड नगरपालिका र बिर्तामोड का सबै वडा कार्यालयहरुलाइ समेत आग्रह गरेको कुरा अध्यक्ष कल्पितले जानकारी दिनु भएको छ । 

सरकारी बिद्यालयका न्यून आय श्रोत भएका बिद्यार्थीहरु जसको नाटक घर सम्म पुगेर नाटक हेर्न सक्ने पहुच र श्रोत छैन दिनलाई महोत्सवमा बढि से बढि सहभागी गराउने लक्ष्य रहेको हुदा आफ्नो वडा भित्र रहेका सरकारी बिद्यालय का करिव २ हजार बिद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने गरि भाषा,कला साहित्य संरक्षण तथा प्रबर्दनात्मक शिर्षक बाट बजेट बिनियोजन गरि कला साहित्य लाई जीवन उपयोगी पाठको रुपमा बिकास गरि दिनु हुन अनुरोध गर्दै कार्यशालामा सबै जनप्रतिनिधिहरु लाई निमन्त्रणा गरिएको  साहित्य बिभाग उपाध्यक्ष दुर्गा प्रसाद सिग्देलले  जानकारी दिनु भयाे ।

बिर्तामोड नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उद्घाटन गर्नु हुँदै नाट्य प्रतिष्ठानको अथक प्रयासबाट निर्मित झापा नाटक घर नगरको मात्रै नभएर झापा जिल्ला कै गहनाका रुपमा रहेको र यसलाई पुर्णता दिन सदैब लागि पर्ने कुरा समेत ब्यक्त गर्नु भएको थियो  ।

निर्माण अनुगमन समिति अध्यक्ष भोजकुमार मास्केको  अध्यक्षतामा आयोजित कार्यक्रममा कलाकारहरुले नाटक गीत संगीत र नृय प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई साहित्य बिभाग सचिव तारा प्रकाश भट्टराईले  स्वागत र केन्द्रीय अध्यक्ष माधब कल्पितले संञ्चालन गर्नु भएको थियो  ।