बिर्तामोड- झापाको बिर्तामोडस्थित पाथिभरा होटलमा इलामका कर्म शेर्पा मृत भेटिएका छन् । होटलको कोठाभित्र झुण्डिएको अवस्थामा शेर्पाको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

इलामको सूर्योदय ४ का शेर्पा मलेसियाबाट भर्खर फर्किएका हुन् । उनी जेठ २८ गतेदेखि पाथिभरा होटलमा बसेका थिए । होटलको कोठाबाट गन्ध आएपछि खोलेर हेर्दा शेर्पा झुण्डिएको अवस्थामा भेटिएको डीएसपी प्रकाश विष्टले बताए ।