भरत प्रसाई । बिर्तामोड, झापाली पत्रकारहरुका अभिभावक, प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष , झापा शाखाका पूर्व सचिव नेत्रप्रसाद पाठकको ५औ
दिनको पुण्यतिथीको अवसरमा प्रेस चौतारी झापाले श्रद्वान्जली सभा सम्पन्न गरेको छ ।
उहाँको २०८१ जेष्ठ ३१ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।
पुण्यतिथीको अवसरमा झापा पत्रकार महासघका अध्यक्ष
एकराज गिरी सहित विभिन्न भातृसंगठनका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो
।
निष्ठाको पत्रकारिता गर्ने स्व.पाठकले सम्भौता कसैसंग नगरको झापा पत्रकार महासंघका पूर्व अध्यक्ष गणेश पोखरेलले बताउनु भयो ।
उहाँले ५ जना पत्रकार तोया उपेक्षित,गणेश
पोखरेल,धर्मेन्द्र मामा, स्व. कमल मिश्र र स्व.नेत्रकुमार पाठकको रोपेको
प्रेस चौतारी विशाल रुपमा झाङगिएर यो अवस्थमा आइपुगेको बताउनु भयो ।
शाेक सभामा बोल्दै अग्रज पत्रकार माधव विद्रोहीले पञ्चायतकालिन समयबाट पत्रकारिता गर्नुं बास्वमै चुनौती रहको बताउनु भयो ।
पूर्वी झापाका बिचार र आस्थाको सिद्धान्त प्रस्तुत गर्दै अवधारणा र चिन्तनको बिकास गर्ने काममा स्व. पाठकको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।
शोकसभामा प्रेस चौतारीकी प्रदेश सदस्य अम्बिका भण्डारी, पूर्व अध्यक्ष मोहनकाजी, चिन्तामणी दाहाल, गोविन्दचन्द क्षेत्री, अग्रज पत्रकार सन्तोष आर्चाय, गोपाल काफ्ले ,प्रदिप परियार,रमेश तिवारी, तिलक योञ्जन, भरत प्रसाई, अस्मिता साखी ,रवीकिरण बान्तवा, प्रकाश उप्रेती, रञ्जित प्रसाई बिनोद पाण्डे, सन्तोश न्यौपाने , केशव भट्टराई लगाय झापाका १०० सय भन्दा बढी पत्रकारहरुको उपस्थिती रहको थियो ।
आजै आयोजना गरेको शोकभालाई सम्बोधन गर्दै प्रेस युनिय झापाका अध्यक्ष गिरीराज भट्टराईले झापाली पत्रकारिताले अग्रज र अनुभवी पत्रकार गुमाएको बताउनु भयो ।
त्यस्तै उहाँलाई सम्झिरहनका लागी पत्रकार
महासंघले अक्षयकोषको स्थापना गर्नु पर्नेमा जोड दिदै यसमा आफ्नो संगठनबाट सहयोग रहने प्रतिबद्वता जाहेर गर्नु भयो ।
शोकसभालाई सम्बोधन गर्दै नेकपा एमाले झापा जिल्लाका अध्यक्ष प्रेम गिरीले समाज निष्ठाको पथमा चल्नु पर्ने प्रेरणा उहाँबाट लिन सकिने बताउनु भयो ।
परिवर्तन र एमालेको विविध गतिविधीलाई उचाईमा पु¥याउन उहाँको भुमिका अतुलनिय रहेको अध्यक्ष गिरीले बताउनु भयो ।














