भरत भाबुक प्रसाई । बिर्तामोड,   बिर्तामोड नगरपालिका वडा नम्वर १ ले गत आर्थिक वर्षमा धेरै बाटाहरुमा पल्म लगाउने काम गरेको छ ।

बिकास लाई स्थानियतह संग जोड्न वडाले भौतिक सुविधा र स्वास्थ सुविधाको क्षेत्रमा उल्लेखीय काम गरको उपभोक्ताहरुको भनाइ छ  ।

8 आर्थिक वर्षमा प्राप्त १ करोड रकमलाई जनस्तरको आवश्यकतालाई मध्यनजर गरी परिचालन गरिएकाे  बिर्तामोड वडा नम्वर १ का वडाध्यक्ष अग्नि पाण्डेले बताउनु भयो ।

उहाँले यस आर्थिक वर्षमा उल्लेखिय मात्रामा पेर्वस बिछ्याउने काम भएको बताउनु भयो ।

 उहाँले पल्म लगाई सकेको बाटामा पेर्वस लगाउने काम भईरहेको बताउनु भयो ।

777777उहाँले बिर्तामोड १ लाई नमुना वडा बनाउने अभियानमा लागी परेको बताउनु भयो । 

बिर्तामोड नगरपालिका वडा नम्वर १ ले जेष्ठ नागरिकका लागी जेष्ठ नागरिक भवन निर्माण गरिदिएको छ ।

उनीहरुका लागी यही असारबाट योगा कक्षा पनि सञ्चालनमा ल्याएको छ ।

7

वडाले शारीरिक समस्या भएकाहरुलाई न्युन शुल्कमा थेरापी स्वास्थ्यको सुरुवात गरको छ ।

यो अभियानले हाडजोर्नी सम्बन्धिका बिरामीलाई ठुलो राहत पुगेको सेवाग्राहीको भनाई छ । प्रत्येक दिन १२ देखी १५ जनालाई सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

बिर्तामोड १ मा रहेको जगत टोलबिकास बस्ति र  नवज्योती टोलबिकास संस्था बिचमा रहको पैनीमा बर्खाको समयमा आउने बाढी र पानीको बेगलाई मध्यनजर गरेर स्ल्याप निर्माण तथा किनारा धेराबारा गर्ने काम सम्पन्न गरेको छ ।

त्यस्तै  बिर्तामोड नगरपालिका वडा नम्वर १ ले जिल्ला आयुर्वेद केन्द्रको प्राविधिक सहयोगमा आयुर्वेद उपचार सञ्चालनमा ल्याएको छ । 

त्यस्तै बिर्तामोड वडा नम्वर १ को हनुमान नगर देखि कालीका मार्ग जोड्ने बाटोमा पेर्वस लगाएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्वर १ अन्र्तगत रामनगर टोल बिकास संस्थामा रहेका बाटाहरुलाई पनि पेर्वस बिछ्याइने काम भएको छ ।  त्यसैगरी नारायण टोलबिकास संस्थाको ५ नम्वर सिमाना देखी सिने पाल्जा जाने बाटोमा पेर्वस हालिएको छ ।

बिर्तामोड नगरपालिका १ ले अफ्नो २० लाख लगानीमा अर्जुनधारा नगरपालिकाको सिमाना सम्म जोडिएको बाटोमा पेर्वस लगाउने काम गरको छ ।

4  निकट भविष्यमै बाटोमा पेर्वस लगाउने वडाको योजना रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।  अनुगमनकै क्रममा भेटिनु भएका बिर्तामोड वडा नम्वरका १ का स्थानियबासी प्रदिप लिम्बु वडाको कामबाट आफु सन्तुष्ट रहेको बताउनु हुन्छ । 


2222222 अर्का स्थानीय मञ्जु ठाकुर भन्नु हुन्छ , वडाले जे गर्दै छ राम्रो काम गर्दै छ । 

123

 बिर्तामोड नगरपालिका वडा नम्वर १ ले जनअपेक्षा अनुसार काम गरी जनताको  मन जित्न सफल भएको छ ।

आफ्नो वडाका जनताको स्वास्थ्य , शिक्षा र सुविधाका निम्ति गम्भिर रुपले जवाफदेही रुपमा प्रस्तुत भएको वडाले अन्य वडाहरुलाई झक्झक्याउने काम गरको छ ।