बिर्तामोड । भरत भाबुक प्रसाई,  बिर्तामोड वडा नम्वर ५ ले आर्थिक वर्षमा ४३ वटा योजना सम्पन्न गरिसकेको छ । 

ठुलो क्षेत्रफलमा फैलिएको वडाले जम्मा ९४ लाख बजेटलाई व्यवस्थापन गर्दै नपुग रकम नगर र प्रदेश सरकारसंग समन्वय गरी बिकास परियोजनालाई अगाडी बढाएको हो ।

1 1बिर्तामोड वडा नम्वर ५ ले पूर्वधार बिकास कार्यलयबाट महेन्द्र राजमार्ग देखी माता  मन्दिर पूर्व सम्मको राजमार्ग कालो पत्रे गर्ने काम सम्पन्न गरिसकेको  र कन्काई रोड अन्तिम चरणमा रहको बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाईले बताउनु भयो ।

उहाँले दलित लक्षित कार्यक्रम अन्र्तगत दलित महिलाबाट विपन्न २० जनालाई मन्टेश्वरी सिकाई सम्बन्धि तालिम प्रदान गरिएको बताउनु भयो ।  

888

उहाँले ४० जना जेष्ठ नागरिकलाई तिर्थ भ्रमण गराएर ल्याइएको बताउनु भयो ।

वडाध्यक्ष प्रसाईले  युवा लक्षित कार्यक्रम अन्र्तगत युवा केन्द्र नेपाललाई साबुन फिनेल बनाउने तालिमका लागि २० हजार नगद सहयोग प्रदान गरेको बताउनु भयो । 

त्यस्तै  महिला सशक्तिकरण  तथा आयआर्जन कार्यक्रम अन्र्तगत महिला उद्यमी संघलाई ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यस्तै प्रगती र बिकासका लागी महिला संस्थालाई कपुर र बक्ति बनाउन लागी नगद ५० हजार सहयोग प्रदान गरेको वडा सचिव हेमराज गौतमले बताउनु भयो ।

8888888

उहाँले  प्राथकिताका आधारमा सस्याहरुलाई सम्बोधन गरिदै लैजाने बताउनु भयो ।

बिर्तामोड वडा नम्वर ५ क्षेत्र भित्र  १५ सय ६१ मिटर पेर्वस तथा  ब्लक लगाइएको वडाका सव –इन्जिनियर मुजेवुर खानले जानकारी दिनु भयो ।

गत अर्थिक वर्षमा ४ सय ७९ मिटर नाला तथा ड्रेनको निर्माण सम्पन्न भएको वडा सचव गौतमले बताउनु भयो । 

बिर्तामोड नगरपालिका वडा नम्वर ५ भित्र रहको एकमात्र  सामुदायिक विद्यालय देवी मा वि मा निकट भविष्यमै कक्षा  नर्सरी देखी ७ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराइने योजना रहेको वडा सचिव गौतमले बताउनु भयो । 

123456१० लाख बजेट रहको न्युटन टोल बिकास बानी मार्गमा पेर्वस लगाउने काम,   २५ लाख बजेट रहको बद्री रिजालको घर पूर्व कोहेड कलेज हुदै प्रकाश लिङदेनको घर सम्म पेर्वस लगाउने काम, वडा गौरव योजना अनुसार  पुरानो भद्रपुररोडबाट हर्कलाल मार्ग जोड्ने बाटो लगायत विभिन्न क्षेत्रमा सडक पूल तथा क्लबोटको निर्माण गर्ने कार्य सम्पन्न गरेको बिर्तामोड वडा नम्वर ५ मा निर्माण पूर्वधार संयोजक दुर्गाप्रसाद सिवाकोटीले जानकारी दिनु भयो ।