मनकामना माध्यमिक विद्यालयमा रहेको मनकामना स्काउट ट्रुपले स्काउटको ७३औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बालबालिकाहरूले कविता, गीत, नृत्य साथै आआफ्ना विचारहरु व्यक्त गरेका थिए।

70c0f3f9-229a-4d56-a85b-bdfcff678df6उज्यालो मनकामना मनकामना बाल क्लब कि फोकल पर्सन सरिता पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ढुङ्गानाले गर्नुभएको थियो।


कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्काउट मास्टर बन्दना अधिकारी ले स्काउटले  गर्दै आएका‌ कार्यहरूको बारेमा जानकारी दिनुभएको थियो ।

2c2c1048-6cb8-40b5-8707-ab1046da0149 1विमोचन दाहालले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष केशव ढुंगानाले स्काउटमा रहेका विद्यार्थीहरूले गरेका कार्यहरूको प्रशंसा गर्दै हौसला प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिका रचनात्मक बन्न विभिन्न क्लब तथा समूहहरूमा क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो।


डल्सि आचार्य ,सम्पदा संग्रौला ,अंशु भण्डारी र स्नेहा ठाकुर द्वारा सञ्चालन गरिएको कार्यक्रममा नव आगन्तुक स्काउट बालबालिकालाई स्वागत समेत गरिएको थियो।