बिर्तामोड । भरत प्रसाई , चालु आर्थिक बर्ष ०८०÷८१ को स्वीकृत कार्यक्रम अन्र्तगत बाख्रा प्रर्वद्वन कार्यक्रमका लागी प्रदान गरिएको आर्थिक बजेट परिचालन कसरी गरिएको छ भनी, बिर्तामोड नगरपालिकाले अनुगमन सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिका पशुपंक्षी मत्स्य बिकास शाखाको आयोजले ५० प्रतिशत आर्थिक सहयोग प्रदान गरी किसानहरुको जीवनस्तर उकास्न मद्वत गर्ने उदेश्यले कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
उप– प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा आज बिर्तामोड १० र बिर्तामोड ७ मा रहको बाख्रा फर्मको अनुगमनले गरिएको थियो ।

करीव १० धुर जग्गामा खोर बनाई ३ वटा बाख्राबाट सुरुवात गरेका राकेश कार्की बिर्तामोड नगरपालिकाले प्रदान गरेको अनुदानबाट पूर्ण रुपमा सन्तुष्ट हुनुहुन्छ ।
उहाँले नगरपालिकाको ५ लाख सहयोग र आफ्नो ५ लाखमा लगानीमा २०७३ सालमा कटरडाँगी कृषी फर्म सञ्चालनमा ल्याउनु भएको थियो । ३ वटा बाख्राबाट सुरु गर्नु भएको उहाँले अहिले २१ वटा बाख्रा पाल्नु भएको छ ।

उहाँले दाना पिस्ने मेसिन खरिद देखी साइलेन्ज घाँस उत्पादनमा पनि विशेष नगरपालिकाले सहयोग गरको भन्दै अनुगमन टोली लाई धन्यवाद दिनु भयो ।
बिर्तामोड १० निवासी कार्कीले यस फर्मलाई आवश्यकता हेरी बढाएर लैजाने बताउनु भयो ।
उहाँले बार्षिक रुपामा बाख्रा पालन गरेर नै एक लाख सम्मको कमाई गरीरहको बताउनु भयो ।
त्यस्तै अर्का कृषक बिर्तामोड वडा नम्वर ७ स्थित नयाँ बाडी टोलमा आरुसी कृषी तथा पशुपंक्षी फर्म सञ्चालन गर्नु भएका चित्रा तिम्सिनाले पनी बिर्तामोड नगरपालिकाको अनुदानबाट बाख्रा पालन गरी मनग्यै आम्दानी गरकाे बताउनु भयाे ।
उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अनुगमन पछी फर्म सञ्चालन निर्देशिका अनुसार इमान्दारीता पूर्वक फर्म सञ्चालन गरिएकाे प्रतिखुसी ब्यक्त गर्नु भयाे ।
बिर्तामोड नगरपालिका पशुपंक्षी मत्स्य बिकास शाखाबाट खटिनु भएका खेमराज नेपाल,सन्तोश दास र निमेश थापाले फर्म सञ्चालनको अवस्था ,दानाको परिक्षण , ब्यवस्थापन र खोरको अवलोकन गर्नु भएकाे िथयाे ।














